माघ २२ गते संसद अधिवेशन आह्वान गर्न सरकारको सिफारिस
काठमाडौं । सरकारले आगामी माघ २२ गते संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले माघ २२ गते अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । यसअघि गत कार्तिक १६ गते सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गरेका थिए ।
मन्त्रिपरिषद् बैठकले जापान सरकारबाट कोटेश्वर इन्टरसेक्सन इम्प्रुभमेन्ट प्रोजेक्ट कार्यान्वयनका लागि प्रस्ताविक ३४ अर्ब ४९ करोड जापानी यन सहायतासम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रूप दिन जापान सरकारसँग वार्ता गर्ने टोली गठन गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताइन् ।
त्यस्तै बैठकले राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियमन १६ को उपनियम (१) को खण्ड (क) बमोजिम डा. असिम भण्डारीलाई राष्ट्रिय एन्टिडोपिङ एजेन्सीको संयोजक पदमा मनोनयन गर्ने निर्णय पनि गरेको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment