महाराजगञ्ज चिकित्सा क्याम्पस डिन कार्यालयमा तालाबन्दी

डिसी नेपाल
१० माघ २०८० ९:०५
104
Shares

काठमाडौं। एमाले भातृ संगठन अनेरास्ववियूले महाराजगञ्ज चिकित्सा क्याम्पस डिन कार्यालयमा तालाबन्दी गरेको छ।

आफूहरुको मागलाई बेवास्ता गरेको भन्दै अनेरास्ववियूले महाराजगञ्ज चिकित्सा क्याम्पस डिन कार्यालयमा तालाबन्दी गरेको हो।

अनेरास्ववियूले महाराजगञ्ज चिकित्सा क्याम्पसका यूजी तथा पीजीका विद्यार्थीका लागि उचित अनुपातका आधारमा ३ सय बेडसहितको बैकल्पिक होस्टेलको व्यवस्था गर्नुपर्ने, देशकै चिकित्सा क्षेत्रमा ठूलो योगदान पुर्याउने चिकित्सा शिक्षाको धरोहर मानिने सबैभन्दा पुरानो महाराजगञ्ज क्याम्पसको पुस्तकालयमा विगत ६ महिनादेखि बिदाको दिन बन्द हुने गरेको र अब हरेक दिन पुस्तकालय चौबिसै घण्टा खेलिनुपर्नेलगायतका माग राखिएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *