लागूऔषध मुद्दाका फरार प्रतिवादी कञ्चनपुरबाट पक्राउ

डिसी नेपाल
१० माघ २०८० २१:१०
36
Shares

कञ्चनपुर । कञ्चनपुरमा लागूऔषध मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

बेदकोट नगरपालिका–७ सुडाका मदन भट्टलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। उनलाई अदालतले २०७८ चैत्र ९ गते लागूऔषध मुद्दामा ५ महिना कैद र पाँच हजार जरिवाना तोकिएको थियो। उनी सोही दिनबाटै फरार रहेका थिए।

उनलाई सजाय भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नावव उपरीक्षक प्रकाश डाँगीले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *