नाटक ‘समयको पीडा’ आजबाट मञ्चन शुरू
काठमाडौं । नाटक ‘समयको पीडा’ आजबाट मञ्चन भएको छ । सुन्दर धितालको परिकल्पना तथा निर्देशनमा नाटक आजबाट रातोपुलस्थित ओजस थिएटर एण्ड फिल्म स्टुडियोमा मञ्चन भएको हो ।
कलाशी प्रोडक्शन हाउस प्रा.लीको प्रस्तुतिमा रहेको नाटक साहित्यकार पद्यावती सिंहको कथा ‘समयको पीडा’ को नाट्य रूपान्तरण रहेको निर्देशक सुन्दर धितालले बताए । नाटकमा रोजगारी लागि नेपालबाट विदेशिएका नेपालीहरु नफर्केपछि एक्लिएका बा–आमाको पीडालाई नाटकमा समावेश गरिएको धितालले बताए । समय जति बित्यो उमेर बढ्दै जान्छ । उमेर सँगै आफ्नो सन्तती पनि घट्ने रहेछन् । यो साच्चै नै समाजको मात्र होइन सिङ्गो देशमा समयको पीडा हो भन्ने सन्देश नाटकमा रहेको छ ।
नाटकमा विशाल देवकोटा (रामनाथ), संगीता थापा (आनन्दी), अर्जुन दुलाल (जेठो छोरो), अन्जसा रिजाल (बुहारी), उन्नत उप्रेती (कान्छो छोरो), सगुन पोखरेल (छोरी), रोहित श्रेष्ठ (ज्वाइँ), पुर्ण गन्धर्व (साथी), नवीन प्याकुरेल (सेवक), कपिल दिप काफ्ले (पसले) र विपिन जैसवाल डाक्टर पात्रको भूमिकामा रहेका छन् ।
कथा कक्षा नौको अनिवार्य नेपाली विषयमा समावेश रहेको ’समय पीडा’ को रुपान्तरण रूप हो । माघ १० गतेदेखि २२ गतेसम्म नाटक मञ्चन हुने कलाशी प्रोडक्सन हाउसले जनाएको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment