बबिना भट्टराईको ‘पिरतीको गीत’ सार्वजनिक (भिडियो)

डिसी नेपाल
१३ माघ २०८० १०:५९
40
Shares

काठमाडौं। मायालुको लागि मुटुनै जिम्मा दिन सकिने भन्दै बबिना भट्टराईले ‘पिरतिको गीत’ सार्वजनिक गरेकी छिन्।

पछिल्लो समय निरन्तर गीत सार्वजनिक गर्दै आएकी बबिना एक दशक भन्दा लामो साधनाबाट निखारिएर नेपाली संगीत बजारमा आएकी हुन् ।

उनले ‘पिरतिको गीत’ बाट पनि दर्शकको माया पाउने अपेक्षा गरेकी छिन्। गीतकार हरिराम पौडेलले लेखेका शब्दलाई गीतमा स्वर र संगीत बबिनाले भरेकी हुन् ।

बबिना भट्टराईको अफिसियल यु्ट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतको एरेन्ज सञ्जय श्रीपालले गरेका छन् भने मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ।

म्युजिक नेपालको स्टुडियोमा रेकडिङ गरि जस्केलो क्रियशनद्वारा निर्मित गीतको भिडियोमा बबिना आफैँ फिचर्ड छिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *