विकास–निर्माणका काम अघि बढाउन सरकार असफल भयोः महासचिव पोखरेल

डिसी नेपाल
१३ माघ २०८० १२:१९
32
Shares

बागलुङ। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विकास–निर्माणका काम अघि बढाउन वर्तमान सरकार असफल भएको आरोप लगाएका छन्।

नेकपा (एमाले) बागलुङले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटमा महासचिव पोखरेलले वर्तमान सरकारले जनताका पक्षमा काम गर्न नसकेको आरोप लगाए। उनले राजश्व संकलनमा सरकारले ध्यान नदिँदा कर्मचारीलाई मासिक तलब उपलब्ध गराउन कठिन परिस्थिति उत्पन्न भएको बताए।

एमाले जनतामाझ लोकप्रिय रहेको दाबी गर्दै उनले पार्टी संगठनलाई भने रूपान्तरण गर्दै लैजाने नीति रहेको बताए। राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्न उनले कार्यकर्ताहरुलाई आग्रह गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *