अभिनेता पल शाहको पहलमा जाजरकोटका २०३ बिद्यार्थीलाई ज्याकेट वितरण
जाजरकोट। अभिनेता पल शाहको पहलमा जाजरकोटका बिधार्थीलाई ज्याकेट वितरण गरिएको छ ।
हाम्रो टिम नेपालमार्फत जाजरकोटमा शाहकाे समेत पहलकदमीमा बिधार्थीहरूलाई ज्याकेट वितरण गरिएको हो ।
‘जाजरकोट जिल्ला जुनिचादे गापा वडा नं. ९ श्री आदर्श प्राविका २०३ बिद्यार्थीलाई ज्याकेट वितरण गरेका छौं, सहयोगी सम्पूर्ण मनहरुलाई धन्यबाद,’ अभिनेता शाहले भने ।
जाजरकोट लैजाने क्रममा हराएको ४६ पिस ज्याकेटको बोरा भनेअहिलेसम्म नभेटेको उनले जानकारी दिएका छन्। उक्त बोरा फेला पार्नेलाइ १५ हजार पुरस्कार दिने अभिनेता शाहले घोषणा गरेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment