इजरायली सेनाले डाक्टरको भेषमा अस्पतालमा घुसेर गरे प्यालेस्टाइनीको हत्या

डिसी नेपाल
१७ माघ २०८० ८:१२
484
Shares

गाजा। गाजामा जारी इजरायल–हमास युद्ध समाप्त भएको छैन, तत्काल हुने छाँटकाट पनि देखिएको छैन । तर, पछिल्लो घटनामा इजरायली सेनाले डाक्टरको भेषमा पसेर वेस्ट बैंकको एक अस्पतालमा तीन जनाको हत्या गरेको छ। इजरायली सैनिकहरूले ती व्यक्तिहरूले आतंकवादी हमलाको योजना बनाएको बताएका छन्।

इजरायली कमाण्डोहरूले कब्जा गरिएको वेस्ट बैंकको जेनिनस्थित इब्न सिना अस्पतालमा तीन जनालाई मारेका थिए र उनीहरूले आतंकवादीू आक्रमण गर्ने योजना बनाएका थिए । यी इजरायली कमाण्डोहरू स्वास्थ्यकर्मी र सर्वसाधारणको भेषमा अस्पतालमा प्रवेश गरेको प्यालेस्टाइनी मिडियाले जनाएका छन ।

प्रहरी र सेनाका अनुसार यी मध्ये दुई जना हालैका हिंसात्मक घटनामा संलग्न रहेको बताइएको छ । उही समयमा हमासले यस विषयमा भनेको छ कि अस्पतालमा हत्याहरू गाजा देखि जेनिनसम्म हाम्रा मानिसहरू विरुद्ध कब्जाको चलिरहेको अपराधको निरन्तरता हो।

सिसिटिभी अनलाइन प्रसारणले झण्डै एक दर्जन गुप्त सैनिकहरू तीनजना महिलाको लुगा लगाएका र दुईजना मेडिकल स्टाफको लुगा लगाएर राइफल लिएर जेनिनको इब्न सिना अस्पतालको कोरिडोरमा हिंडिरहेका देखिएको छ । यद्यपि यो फुटेजको पुष्टि हुन बाँकी छ ।

इजरायली सीमा प्रहरीले बलको गुप्त इकाईले गरेको कारबाहीमा तीन प्यालेस्टिनी बन्दुकधारी मारिएको जनाएको छ। सेनाले तीमध्ये एक हमास सदस्यको रूपमा पहिचान गरेको छ। जसको बारेमा भनिएको छ, ‘अक्टोबर ७ मा भएको नरसंहारबाट प्रेरित भएर आक्रमण गर्ने योजना बनाइरहेका थिए ।’ तर, स्वास्थ्यकर्मीको भेषमा सैनिक पठाएको हमासका बारेमा कुनै प्रतिक्रिया दिएको छैन ।

हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गरेको थियो। यसपछि इजरायलले जवाफी कारबाही गर्दै हमासमाथि हमला जारी राखेको छ । यसपछि वेस्ट बैंकमा हिंसा बढ्यो जुन अझै जारी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *