साउथ क्यारोलिना चुनावमा पनि जो बाइडेन विजयी, राष्ट्रपतिको उम्मेदवारीमा बलियो स्थिति
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले साउथ क्यारोलिनाको डेमोक्रेटिक प्राइमरी (चुनाव) सजिलै जितेका छन् । आफ्नो जितसँगै बाइडेनले साउथ क्यारोलिनाको मतदानमा मिनेसोटाका प्रतिनिधि डीन फिलिप्स र लेखक मारियान विलियम्सन लगायत धेरै अनुभवी डेमोक्र्याटहरूलाई पराजित गरे।
विजय पछि जो बाइडेनले आफ्नो बयानमा भने ‘साउथ क्यारोलिनाका मतदाताहरूले २०२० मा चुनावी पण्डितहरूलाई गलत साबित गरेका थिए। यहाँका मतदाताहरूले हाम्रो अभियानमा नयाँ सास फेरेका छन् र हामीलाई राष्ट्रपति पद जित्ने बाटोमा अघि बढाएका छन् ।’
बाइडेनले सन् २०२४ मा साउथ क्यारोलिनाका जनताले आफूलाई फेरि विजयतर्फ डोर्याएको बताए । उनले भने, ‘मलाई कुनै शङ्का छैन कि तपाईंले हामीलाई फेरि राष्ट्रपति जित्ने र डोनाल्ड ट्रम्पलाई फेरि हार्ने बाटोमा ल्याउनुभएको छ। प्रारम्भिक मतपरिणामको विश्लेषणका आधारमा उनले राज्यभरका प्रमुख स्थानमा निर्णायक अग्रता हासिल गर्ने देखिन्छ ।’
हालै अमेरिकी राष्ट्रपति जो बाइडेनले विद्यार्थी ऋण माफीको घोषणा गरेका थिए । उनले ७४ हजार जनताको ५ अर्ब डलरको विद्यार्थी ऋण मिनाहा गर्ने घोषणा गरेका थिए । यीमध्ये धेरैजसो विगत १० वर्षदेखि सार्वजनिक सेवामा कार्यरत व्यक्ति हुन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment