भ्यालेन्टाइन डेको अवसरमा गायिका एलिना चौहानको मन्नत प्यालेसमा प्रस्तुती
काठमाडौं। सुन्दरी गायिका एलिना चौहान दरबार मार्गमा गुञ्जिने भएकी छिन्। भ्यालेन्टाइन डेको अवसर पारेर एलिना यही माघ २८ गतेका दिन दरबार मार्गको मन्नत प्यालेसमा गुञ्जिने भएकी हुन्।
कार्यक्रममा गायिका चौहानले धोकेबाज, कट्टा हान्दिन्छु, कुरा काट्ने मान्छेले काटुन, मिनिरल वाटर, इस्टाको फोटो लगायतका गीतहरु गाउने छिन्।
गायिका एलिनासँगै गायक कर्म ग्याल्जेन र लाइभ व्याण्डको पनि प्रस्तुती रहनेछ। प्रणय दिवसको पूर्व सन्ध्यामा सदा झै नयाँ उमंग नयाँ ठाउँ प्रणय दिवसमा जाउँ भन्दै मन्नत प्यालेसले भव्य रुपमा सांगीतिक साँझको आयोजना गरेको हो।
कार्यक्रम माघ २८ गते साँझ ७ बजेदेखि राती साडे १ बजेसम्म संचालन हुने आयोजकले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment