पूर्णिमा लामा र देवराज आचार्यको ‘तिमी र म’ सार्वजनिक (भिडियो)

डिसी नेपाल
२७ माघ २०८० १०:२६
216
Shares

काठमाडौं। गायिका पूर्णिमा लामा र देवराज आचार्यको संयुक्त आवाजमा निकै नै मिठो आधुनिक गीति एल्बम ‘तिमी र म’  मात्र सार्वजनिक भएको छ।

करिब पाँच सय गीतमा आवाज भरिसकेकी गायिका लामा र उदाउँदै गरेका देवराज आचार्यको संयुक्त आवाजमा ‘तिमी र म’  बोलको आधुनिक गीति एल्बम सार्वजनिक गरिएको हो।

उक्त आधुनिक गीति एल्बममा वरिष्ठ संगीतकार शक्ति बल्लभको संगीत रहेको छ भने शब्द हिक्मत बुढाथोकी (प्रेम) को रहेको छ। जसमा संगीत संयोजन राकेस सोनीले गरेका हुन्।

स्वय‌ं गायक देवराज आचार्य, मिना सुवेदी, गंगा देवी ढुंगानाको अभिनय रहेको उक्त गीतको भिडियोको छाया‌ङ्कन रेशम दर्लामीले गरेका हुन भने दृश्य सम्पादन पदम सुवेदीले गरेका हुन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *