प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीलाई बधाई

डिसी नेपाल
२९ माघ २०८० १७:५७
16
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन्। नेपालले क्यानडाविरुद्धको एकदिवसीय शृंखला ‘क्लिनस्विप’ गरेपछि उनले टोलीलाई बधाई दिएका हुन्।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत तेस्रो खेलमासमेत उत्कृष्ट जित हात पार्दै क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट शृंखलामा क्लिनस्विप गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका हुन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको क्यानडाविरुद्धको शृंखलाको अन्तिम खेलमा नेपाल नौ विकेटले विजयी भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *