इमरान खानले पीटीआईको तर्फबाट उमर अयुब खानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाए

डिसी नेपाल
४ फागुन २०८० १३:०५
3.2k
Shares

काठमाडौं । इमरान खानले पीटीआईबाट उमर अयुब खानलाई प्रधानमन्त्री पदका लागि उम्मेदवार बनाएका छन् ।

पीटीआई नेता असद कैसरले अडियाला जेलमा इमरान खानसँग भेट गरेपछि यो जानकारी दिएका हुन् ।

अर्का पीटीआई नेता जुल्फी बुखारीले पार्टी विपक्षमा बसे उमर अयुब खान पार्टीको नेता हुने बताएका छन् ।

पाकिस्तानमा भएको आम निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सकेको छैन ।

इमरान खानको तहरिक-ए-इन्साफ (पीटीआई) पार्टीले बहुमतबाट धेरै टाढा भए पनि सबैभन्दा बढी सिट प्राप्त गरेको छ।

नवाज शरीफको मुस्लिम लिग (नवाज) र बिलावल भुट्टोको पाकिस्तान पिपुल्स पार्टीले गठबन्धन सरकार बनाउन लागेको खबर छ ।

हालसम्म पीटीआईले सरकार बनाउन खोजेको देखाउने कुनै पनि गतिविधि देखिएको छैन ।

उमर अयुब पाकिस्तानका प्रसिद्ध सैन्य कमाण्डर फिल्ड मार्शल अयुब खानका नाति हुन्।


No ads found for this position

प्रतिक्रिया

One thought on “इमरान खानले पीटीआईको तर्फबाट उमर अयुब खानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाए

  1. एसियाली मुलुक हरु मद्ये पक्का कटिबद्ध राजनीति चाहिँ पाकिस्तान मै हुन्छ ,कानुन दुई धारमा भए पनि अपराधी स्पष्ट कारबाही गरिन्छ ।अदालतले अपराधी फैसला गरेको ब्यक्ति लाई हाम्रो देशमा जस्तो माफ मिनाहा कदापि गरिन्न!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *