लामो समय पछि समाजवादी मोर्चाको बैठक बस्दै

डिसी नेपाल
६ फागुन २०८० ८:२१
32
Shares

काठमाडौं। नेकपा माओवादी नेतृत्वको समाजवादी मोर्चाको बैठक आज बस्दैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा गठन भएको मोर्चाको बैठक लामो समय पछि बस्न लागेको हो ।

बैठक बिहान ८ बजे बस्नेछ । बैठकमा मोर्चाको आगामी कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।

सो मोर्चामा प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रसहित, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आबद्द रहेका छन ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.