भ्रष्टाचार छानविनका नाममा आफ्नो मान्छेलाई जोगाउने काम भयो: रवि लामिछाने (भिडियो)
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार छानविनका नाममा आफ्नो मान्छेलाई जोगाउने काम भएको बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा लामिछानेले ललिता निवास, भुटानी शरणार्थी प्रकरणको छानविनमा आफ्नो मान्छेलाई जोगाउने काम भएको बताएका हुन्।
उनले निर्दोष व्यक्तिविरुद्ध भने उजुरी मागेर फसाउने तर वरपरका मान्छेलाई नछुने काम भएको जिकिर गर्नुभयो । उहाले नेपाली जनताले भोग्नुपरेको पीडा कसैको सत्ता टिकाउनका लागि आधार बन्न नहुने धारणा राखे।
सरकारले भ्रष्टाचारको फाइल खोल्ने भए रास्वपाका मान्छेहरुको फाइल खोल्न उनले चूनौति दिए। त्यस्तै सभापति लामिछानेले बालकुमारी घटनामा सरकारी आयोगले दोषी ठहर गरेका व्यक्तिलाई कारवाही गर्न माग गरे। बालकुमारी घटना सामान्य नभएको भन्दै उनले प्रतिवेदनले दिएका निष्कर्षलाई सरकारले कसरी कार्यान्वयन गर्छ भनेर रास्वपाले हेरिरहेको बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment