इजरायली आक्रमणपछि दक्षिणी गाजाको सबैभन्दा ठूलो अस्पतालले काम गर्न बन्द गर्‍यो

डिसी नेपाल
७ फागुन २०८० १६:००
172
Shares

काठमाडौं । इजरायली सेनाले आक्रमण गरेपछि दक्षिणी गाजामा रहेको सबैभन्दा ठूलो अस्पतालले काम गर्न बन्द गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस अधानोम गेब्रेयससले डब्लुएचओको टोलीलाई खान युनुस सहरको नासेर अस्पतालमा प्रवेश गर्न नदिइएको बताएका छन् ।

यस अस्पतालमा अहिले पनि करिब २ सय बिरामी भर्ना छन् । डब्ल्यूएचओको टोलीले उनीहरूको अवस्थाबारे जानकारी लिन चाहेको थियो।

इजरायलले यो अस्पताल र वरपरका क्षेत्रमा गरिएको सैन्य कारबाहीमा २० भन्दा बढी हमास लडाकु मारेको बताएको छ । इजरायली सेनाले ठूलो परिमाणमा हतियार बरामद गरेको दाबी गरेको छ ।

इजरायली सेनाले हमास लडाकुहरूसँगको भिडन्तमा ट्याङ्क र लडाकु विमानको पनि प्रयोग भइरहेको जनाएको छ।

इजरायली सेनाले बिहीबार नासेर अस्पतालमा अपरेशन सुरु गरेको थियो। इजरायली सेनाले अस्पतालमा बन्धकहरू राखिएको बारे गुप्तचर जानकारी प्राप्त गरेको बताएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *