‘डिग्री माइला’को टिजर सार्वजनिक
काठमाडौं। रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’को टिजर रिलिज भएको छ। सार्वजनिक टिजरमा सिनेमाका शीर्ष पात्र ‘डिग्री माइला’ बनेका दयाहाङ राईलाई क्याम्पस व्यवस्थापन समितिले अंग्रेजी शिक्षकका लागि अंग्रेजीको दख्खलता परीक्षण लिइएको देखाइएको छ।
बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो सिनेमाले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक वेरोजगारको कथा पेस गर्छ। यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ।
३ मिनेट र केही सेकेण्ड लामो टिजरमा दयाले आफू सन् २०११ को अंग्रेजी साहित्यको व्याच टपरका रुपमा दाबी गरेको देखाइएको छ। रमाइलो शैलीमा प्रस्तुत गरिएको टिजरले ट्रेलर तथा सिनेमाप्रति दर्शकको रुचि बढाउने स्पष्ट संकेत गर्दछ।
सिनेमामा दयाका अलावा आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ। सिनेमामा नेमिश श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ। यस्तै सिनेमालाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment