शारीरिक सम्बन्ध नराखेको भन्दै श्रीमानविरुद्ध उजुरी, ७ वटा धारा अन्तर्गत कारवाहीको माग

डिसी नेपाल
८ फागुन २०८० १३:५३
772
Shares

काठमाडौं । बिहारको मुजफ्फरपुरमा एक महिलाले शारीरिक सम्बन्ध नराखेको भन्दै श्रीमानविरुद्ध एफआईआर दर्ता गरेकी छिन् । महिला थाना प्रहरीले श्रीमानसहित ६ जनाविरुद्ध उजुरी दर्ता गरेको छ ।

अहिले प्रहरीले यस विषयमा अनुसन्धान थालेको छ । पीडित युवती वैशाली जिल्लाको लालगञ्ज थाना क्षेत्रको एक गाउँकी बासिन्दा हुन् । आरोपित श्रीमान् अहियापुर थाना इलाकाका बासिन्दा हुन् ।

प्रहरी चौकीमा दर्ता भएको एफआईआरमा पीडितले भनिन्, ‘मेरो विवाह ३१ मे २०२१ मा भएको थियो । बिहेपछि म श्रीमानको घर गएँ । विवाह भएको दुई वर्षसम्म मेरो श्रीमानले मसँग शारीरिक सम्बन्ध राखेका छैनन् । त्यसपछि मैले घरका सदस्यललाई भनेँ । तर, उनीहरूले पनि श्रीमानलाई कुरा बुझाएनन् ।’

त्यसपछि पीडित महिलाले श्रीमानलाई शारीरिक सम्बन्ध किन नराखेको भनेर सोधिन् । तर, उनी बारम्बार गाली र कुटपिट गर्थे । यति मात्र होइन माइती जाने कुरा सुनेपछि भन्थे– ‘घरबाट निस्क्यौ भने तिमी र तिम्रो परिवारलाई मारिदिन्छु ।’

महिलाका अनुसार उनी हजुरबुवा बिरामी भएको बहाना बनाएर घरबाट भागेर माइती आएर बसेकी छिन् । तर, अहिले पनि श्रीमान लगायत उनको परिवारले उनलाई लगातार धम्की दिइरहेका छन् ।

यस विषयमा एफआइआर दर्ता गरी थप कारबाही भइरहेको महिला प्रहरी चौकीकी अधिकृत अदिती कुमारीले बताइन् । उजुरीमामा पीडित महिलाले विवाहपछि श्रीमानले श्रीमान्–श्रीमतीबीच हुने सम्बन्ध कायम नगरेको बताएकी छन् ।

महिलाको उजुरीको आधारमा, पुलिसले भारतीय दण्ड संहिताको धारा ३४१, ३२३, ४९८ ए, ३७९, ५०४, ५०६, ३४ अन्तर्गत एफआईआर दर्ता गरी मुद्दाको अनुसन्धान सुरु गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *