शारीरिक सम्बन्ध नराखेको भन्दै श्रीमानविरुद्ध उजुरी, ७ वटा धारा अन्तर्गत कारवाहीको माग

डिसी नेपाल
८ फागुन २०८० १३:५३

काठमाडौं । बिहारको मुजफ्फरपुरमा एक महिलाले शारीरिक सम्बन्ध नराखेको भन्दै श्रीमानविरुद्ध एफआईआर दर्ता गरेकी छिन् । महिला थाना प्रहरीले श्रीमानसहित ६ जनाविरुद्ध उजुरी दर्ता गरेको छ ।

अहिले प्रहरीले यस विषयमा अनुसन्धान थालेको छ । पीडित युवती वैशाली जिल्लाको लालगञ्ज थाना क्षेत्रको एक गाउँकी बासिन्दा हुन् । आरोपित श्रीमान् अहियापुर थाना इलाकाका बासिन्दा हुन् ।

प्रहरी चौकीमा दर्ता भएको एफआईआरमा पीडितले भनिन्, ‘मेरो विवाह ३१ मे २०२१ मा भएको थियो । बिहेपछि म श्रीमानको घर गएँ । विवाह भएको दुई वर्षसम्म मेरो श्रीमानले मसँग शारीरिक सम्बन्ध राखेका छैनन् । त्यसपछि मैले घरका सदस्यललाई भनेँ । तर, उनीहरूले पनि श्रीमानलाई कुरा बुझाएनन् ।’

त्यसपछि पीडित महिलाले श्रीमानलाई शारीरिक सम्बन्ध किन नराखेको भनेर सोधिन् । तर, उनी बारम्बार गाली र कुटपिट गर्थे । यति मात्र होइन माइती जाने कुरा सुनेपछि भन्थे– ‘घरबाट निस्क्यौ भने तिमी र तिम्रो परिवारलाई मारिदिन्छु ।’

महिलाका अनुसार उनी हजुरबुवा बिरामी भएको बहाना बनाएर घरबाट भागेर माइती आएर बसेकी छिन् । तर, अहिले पनि श्रीमान लगायत उनको परिवारले उनलाई लगातार धम्की दिइरहेका छन् ।

यस विषयमा एफआइआर दर्ता गरी थप कारबाही भइरहेको महिला प्रहरी चौकीकी अधिकृत अदिती कुमारीले बताइन् । उजुरीमामा पीडित महिलाले विवाहपछि श्रीमानले श्रीमान्–श्रीमतीबीच हुने सम्बन्ध कायम नगरेको बताएकी छन् ।

महिलाको उजुरीको आधारमा, पुलिसले भारतीय दण्ड संहिताको धारा ३४१, ३२३, ४९८ ए, ३७९, ५०४, ५०६, ३४ अन्तर्गत एफआईआर दर्ता गरी मुद्दाको अनुसन्धान सुरु गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *