राज्यसभामा सोनिया गान्धी निर्बिरोध निर्वाचित

डिसी नेपाल
९ फागुन २०८० ७:०३
88
Shares

नयाँ दिल्ली। भारतीय कांग्रेसकी पूर्व अध्यक्ष सोनिया गान्धी राज्यसभामा निर्बिरोध निर्वाचित भएकी छिन्।

मंगलबार अबेर राजस्थानबाट सोनिया गान्धी राज्यसभाको लागि निर्विरोध चुनाव जितेकी जानकारी दिइएको हो। यसबाहेक भाजपाका चुन्नीलाल गरासिया र मदन राठौर पनि निर्विरोध निर्वाचित भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार राज्यसभाका प्रमुख सचिव तथा राज्यसभाका निर्वाचन अधिकृत महावीर प्रसाद शर्माले राजस्थान-२०२४ को राज्यसभाको द्विवार्षिक निर्वाचनका लागि तीनै सिटमा तीनै उम्मेदवार निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।

वास्तवमा सो राज्यसभा चुनाव २०२४ को लागि राजस्थानमा तीन सिटका लागि चुनाव हुन लागेको थियो र तीन जना उम्मेदवारले मात्र उम्मेदवारी दर्ता गरेका थिए। मंगलबार निर्वाचनका लागि उम्मेदवारी फिर्ता लिने अन्तिम दिन थियो। कुनै पनि उम्मेदवारको नाम फिर्ता नआएपछि तीनै उम्मेदवार निर्वाचित भएका हुन्।

आवश्यक परेमा २७ फेब्रुअरीमा मतदान हुनेवाला थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *