गणपूरक संख्या नपुगेर बैठक अवरुद्ध भएको विषयले तात्यो संसद

डिसी नेपाल
११ फागुन २०८० १२:१३
12
Shares

काठमाडाैं। प्रतिनिधिसभामा सत्तापक्ष र प्रतिपक्षी सांसदबीच विवाद भएको छ। शुक्रबार बसेको बैठकमा सत्तापक्ष सांसदले प्रतिपक्षीका कारण गणपूरक संख्या नपुगेको र बैठक अवरुद्ध हुन पुगेको आरोप लगाएपछि प्रतिपक्षी सांसदहरुले विरोध जनाएका थिए।

प्रतिपक्षी सांसदहरुले बिधेयक अघि बढाउन सरकारले सदनमा बहुमत पुर्‍याउन नसकेका आरोप लगाएका थिए। बैठकमा कांग्रेसका सांसद राजेन्द्र केसीले बिहीबारको बैठकमा राजनीतिक दलसम्बन्धी विधेयक पेश हुने बेलामा विपक्षी दलका सांसदहरु बाहिर गएको बताएका थिए।

उनले कांग्रेसको महासमिति बैठक चलिरहँदा पनि कांग्रेस सांसद बैठकमा सहभागी भएको बताए।

सांसद केसीले धारणा राखेपछि प्रतिपक्षी सांसदहरुले उठेर विरोध जनाएका थिए। एमाले एमाले प्रमुख सचेतक पदम गिरीले विधेयक पारित गराउने जिम्मेवारी सरकारको भएको भन्दैै एमालेमाथि हिलो छ्याप्ने काम भएको बताए।

त्यस्तै रास्वपाका विराजभक्त श्रेष्ठले संसदको क्यालेण्डर अगाडि नै तय भएकाले कांग्रेसले त्यसलाई बेवास्ता गरेको बताए। त्यस्तै राप्रपा सांसद ज्ञान बहादुर शाहीले पनि संसदको क्यालेण्डर अनुसार सत्तापक्ष चल्न नसकेको आरोप लगाए। उनले यथास्थितिमा संसद चल्न नसक्ने बताए।

त्यसलगतै माओवादी केन्द्रका सांसद माधव सापकोटाले संसदमा हुलहुज्जत नगर्न र सदन चल्ने वातावरण बनाउन आग्रह गरे। उनले संसदमा सभामुखको भूमिकाप्रति पनि आपत्ति जनाए।

उनले बिभिन्न बहानामा सदन अवरुद्ध गर्ने प्रयास भएको भन्दै सदन चल्न नदिने भए राजीनामा दिएर सडकमा जान सुझाव दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.