पूर्वमहामन्त्री कोइरालाले राखे कांग्रेस महासमिति सदस्यलाई चियापान

डिसी नेपाल
१२ फागुन २०८० ७:०७
48
Shares

काठमाडौं। नेपाली कांग्रेसका पूर्वमहामन्त्री वीपी पुत्र डा शशांक कोइरालाले नेपाली कांग्रेसको महासमिति बैठकमा सहभागी हुन आएको महासमिति सदस्यहरूको सम्मानमा चियापान तथा भेटघाट कार्यक्रम राखेका छन्।

उनले लैनचौरस्थित लैनचौर व्याङ्क्युटमा शनिवार विहान चियापान कार्यक्रम आयोजना गरेका हुन्। चियापान कार्यक्रम बिहान ८ वजेदेखि १० वजेसम्म चल्ने बताइएको छ।

डा कोइरालाले आफ्नो फेसबुकमा लेखेका छन्, ‘नेपाली कांग्रेसको महासमिति बैठकमा सहभागी हुन आउनुभएका महासमिति सदस्यहरु तथा सम्पूर्ण साथीहरुको सम्मानमा आयोजित चियापान तथा भेटघाट कार्यक्रममा उपस्थित लागि हार्दिक अनुरोध गर्दछु।’

महासमिति बैठकमा बिभिन्न मुद्दामा नेता कार्यकर्ता विभाजित भएको अवस्थामा डा कोइरालाले चियापान कार्यक्रम मार्फत सवैलाई एकै स्थानमा जम्मा गर्न लागेका हुन्।

बिभिन्न मुद्दामा नेता कार्यकर्ता विभाजित भएको अवस्थामा कोइरालाले चियापान कार्यक्रम गर्दै आएका छन् । नेपालीप् कांग्रेसमा चियापानलाई मेलमिलापको संस्कृतिको रुपमा लिने गरिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *