चीनमा एक अपार्टमेन्टमा आगलागी, कम्तीमा १५ जनाको मृत्यु

डिसी नेपाल
१२ फागुन २०८० १३:४६
16
Shares

बेइजिङ। पूर्वी चीनको नान्जिङमा रहेको एउटा अपार्टमेन्ट ब्लकमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ। सो आगलागीमा परी दर्जनौं घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन्।

नान्जिङको युहुआताई जिल्लामा रहेको आगो आवासीय भवनको पहिलो तल्लाबाट सुरु भएको थियो, जहाँ विधुतीय मोटर बाइकहरू राखिएको थियो, अधिकारीहरूले प्रारम्भिक अनुसन्धानको नतिजालाई उद्धृत गर्दै पत्रकार सम्मेलनमा भने।

बिहान करिब ६ बजे आगो नियन्त्रणमा लिइएको र हाल खोजी तथा उद्धार कार्य पूरा गरिएको अधिकारीहरूले बताएका छन्।

चिनियाँ सञ्चारमाध्यमका अनुसार  सो आगलागीमा परी घाइते भएका ४४ जनालाई उपचारको लागि स्थानिय अस्पताल पठाइएको थियो ।

सुरक्षा अधिकारीहरूका अनुसार ती मध्ये एकको अवस्था निकै गम्भीर रहेको छ। र, सो आगो निभाउन २५ वटा दमकल परिचालन गरिएको आपतकालीन सेवाले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *