रसुवाबाट मोटराईकलमा आएका तामाङ १ किलो सुनसहित पक्राउ

डिसी नेपाल
१६ साउन २०७६ ६:५०

काठमाडौँ । एक किलो सुन लिएर रसुवाबाट काठमाडौँ आउँदै गरेको मोटरसाईकलसहित एक जना पक्राउ परेका छन्।

महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले रसुवाबाट काठमाडौँ आउँदै गरेको बा ९० प २७३६ नं को एनएक्स मोटरसाइकल जाँच गर्दा एक किलो सुनसहित रसुवा गोसाइँकुण्ड–५ का पेम्बा ढुण्डुप तामाङलाई बुधबार साँझ पक्राउ गरेको हो।

वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले तामाङलाई पक्राउ गरिएको जानकारी दिए।

“नक्कली वा सक्कली सुन के हो भन्नेबारेमा परीक्षणबाट मात्र थाहा हुन्छ”, उनले भने। सुन केरुङ नाका हुँदै काठमाडौँ भित्रिएको प्रारम्भिक अनुसन्धानले बताए पनि तामाङसँग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *