संविधानको मर्म अनुसार नेतृत्व नजाँदा मुलकमा समस्याः संविधानविद् दाहाल
बुटवल। संविधानविद् काशीराज दाहालले संविधानको मर्म अनुसार नेतृत्व नजाँदा मुलकमा समस्या भएको बताएका छन्।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले शनिबार आयोजना गरेको साक्षात्कारमा उनले संविधानको मर्म अनुसार जानुभन्दा दलहरुले सत्ता केन्द्रीत गरेर जादाँ जनतामा निराशा छाएको बताए।
दाहालले विभिन्न विकसित मुलुकको विकास हुनुको मुख्य कारण संविधानलाई सबैले स्वीकार गर्नु रहेको बताउँदै नेपालमा प्राक्टिस कम हुँदा संविधान पूर्ण हुन नसकेको उल्लेख गरे।
संविधानलाई दिगो बनाउनको लागि राजनीतिक शक्तिहरूले यसप्रति अपनत्व राखेर कार्यान्वयनको विकल्प नरहेको उनले बताए। दाहालले संविधानमा लेखेका कुराले मात्रै संविधान पूर्ण नहुने भन्दै यसलाई सही ढंगले कार्यान्वयन गरेमा मात्र संविधान क्रियाशील दस्ताबेजको रूपमा रहने धारणा राखे।
उनले प्रशासनीक, राजनितिक र वित्तीय आर्थिक क्षेत्रमा सुशासन आवश्यक रहेको भन्दै यी क्षेत्रको समग्र सुधारले मुलुकमा सुशासन कायम हुन सक्ने बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment