न्यूयोर्कमा गोली चल्यो, एकको मृत्यु दर्जन घाइते

डिसी नेपाल
१६ साउन २०७६ ११:२०

न्यूयोर्क (एजेन्सी)। अमेरिकाको न्यूयोर्कमा शनिबार गोली चल्दा एकजनाको मृत्यु भएको छ । शहरको ब्रुकलिन सडकखण्ड नजिकै खुला तथा सार्वजनिकस्थलमा भएको एक कार्यक्रममा शनिबार गोली चलेको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन्। घटनामा अन्य ११ जना घाइते भएको जनाइएको छ ।

घटनामा एक ३८ वर्षीय युवक गम्भीर घाइते भएका र उपचारका लागि अस्पतालमा पुर्‍याएपछि विरामीको मृत्यु भएको बताइएको छ ।

“स्थानीय समय अनुसार राति ११ बजे एक पार्कमा भएको कार्यक्रममा गोली चल्दा एकको मृत्यु भएको र ११ जना घाइते भएका छन्,” न्यूयोर्क प्रहरी विभागले उल्लेख गरेको छ । 

अन्य केही पनि गाली लागी घाइते भएकाले उनीहरूको उपचार भइराखेको बताइएको छ । घाइतेमध्ये केही जना गम्भीररूपमा चोटग्रस्त भएकाले मृतकको संख्या बढ्नसक्ने बताइएको छ ।

प्रहरीले घटनामा संलग्‍न भएको आरोपमा अहिलेसम्म कसैलाई पक्राउ नगरेको विभागले बताएको छ ।

न्यूयोर्कका मेयर बिल डे ब्लासियोले आइतबार सञ्चारकर्मीसँग भने, “आक्रमणले शान्त छिमेकीको कार्यक्रमलाई प्रभावित बनाएको छ । हामीले यस समुदायलाई सुरक्षित राख्न र भरमग्दुर प्रयास गर्नेछौँ ।  प्रशासनले यस सडकखण्ड क्षेत्रका हतियार नियन्त्रणमा लिएको र अनुसन्धान अघि बढाएको छ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *