अमेरिकामा नेपाली क्रिकेट ह्यारिसवर्ग गोर्खा विजयी

डिसी नेपाल
२३ असार २०८३ १८:४६

न्यूयोर्क। अमेरिकाको पेन्सिलभेनिया राज्यको राजधानी ह्यारिसवर्ग शहरमा सम्पन्न नेपाली क्रिकेट खेलमा ह्यारिसवर्ग गोर्खा टिम विजयी भएको छ। अमेरिकाभरिका उत्कृष्ट ११ वटा टिमको सहभागितामा सम्पन्न ३ दिने टी–१२ क्रिकेट मेलाको फाइनल खेल ह्यारिसवर्ग गोर्खा र ड्रुक रेवल्सका बीच जुलाइ ५ तारिक सांझ भएको थियो।

विश्वका जुनसुकै कुनामा जन्मेका भए पनि नेपाली मूलका मानिस छन् र उनीहरु अमेरिकामा बसोवास गर्दै क्रिकेट खेलमा पनि लागेका छन् भने उनीहरुले टीम बनाएर सहभागिता जनाउन सक्ने गरी युनिटी स्पोट्स एण्ट कल्चलर अलाइन्स र रियुनियन क्रिकेट क्लवले यो प्रतियोगिताको आयोजना गरेका थिए।

अमेरिकाभरिका नेपालीका लागि आयोजित यो प्रतियोगितामा नोभा रोयल्स, हिमालयन किंग्स, हन्टर व्वाइज, रियुनियन क्रिकेट क्लब, एभरेष्ट लायन्स, साथी बाल्टिमोर, सिन्सिनाटी वारियर्स, ड्रुक रिबेल्स, नाइट राइडर्स र ह्यारिसवर्ग गोर्खा क्रिकेट क्लबले सहभागिता जनाएका थिए।

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन, इन्ट्रा मोर्गेज, इन्ट्रा फार्मेसी र घिमिरे होम्सले प्रयोजन गरेको सो प्रतियोगितामा विजेता ह्यारिसवर्ग गोर्खाले प्रतिष्पर्धी ड्रुक रिवेल्सलाई २४ रनले पराजित गरेको थियो।

पेन्सिलभेनिया राज्यका सांसद(स्टेट रिप्रेजेन्टेटिम) डेभ म्याड्सनले खेल शुभारम्भ गर्दै समाजलाई अनुशासित बनाउन र युवा पुस्तालाई खेलको माध्यमबाट राष्ट्रलाई योगदान दिन नेपाली समुदायको यो खेलले योगदान दिने विश्वास व्यक्त गरे। स्वेतारा टाउनसिप र सस्केहाना टाउनसिपका कमिशनरहरु टम कनली र फ्रेड फेलोना, इन्ट्रा फाउण्डेसनका कार्यकारी निर्देशक चूडामणि भट्टराई र युनिटी क्लबका अध्यक्ष ओमराज गुरुङले शुभकामना दिएको खेलमा म्यान अफ द सिरिज इजिकेल घतानी भएका छन्। त्यसैगरी उत्कृष्ट व्याट्समेन मनिष हुमागाई, उत्कृष्ट बलर बासु ढुंगाना, उत्कृष्ट फिल्डर सुवोध वाग्ले, उत्कृष्ट विकेटकिपर खगेन धिमाल, र उत्कृष्ट क्याच आयुस खनाल घोषित भएका छन्। त्यसैगरी फेयर प्ले अवार्ड साथी बाल्टिमोर टिमले जितेको छ।

आयोजक संस्थाका पूर्ण राईले जारी गरेको विज्ञप्तिअनुसार, विजेता टिमले ७ हजार अमेरिकी डलर र उपविजेता टिमले ३ हजार ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गरे। विजेताहरुलाई अध्यक्ष गुरुङ र फाउण्डेसनका कार्यकारी निर्देशक भट्टराईले हस्तान्तरण गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *