सुरेन गौतमको स्वरमा ‘सल्लेरी पाखाहरू’ गीत सार्वजनिक(भिडियो)

डिसी नेपाल
१६ फागुन २०८० १०:२८
4
Shares

काठमाडौं। सुरेन गौतमको स्वरमा रहेको गीत ‘सल्लेरी पाखाहरू’ सार्वजनिक भएको छ। विशाल पौडेलको संगीत, प्रदीप जोशीको मिक्सिङरमाष्टरिङ र सुरेनकै शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो।

पिटर गुरुङको निर्देशन रहेको गीतको भिडियोमा दिक्पाल कार्की र जिशु कोइरालालाई फिचरिङ गरिएको छ। दिपेन खड्काको छायांकन रहेको भिडियोमा विष्णुहरि तिमिल्सिनाको सम्पादन छ। गीतको भिडियो सुरेन गौतम म्युजिक युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो।

‘गीत र म्युजिक भिडियो दुवै अत्यन्त आकर्षक बनेको छ र दर्शक श्रोताको मन जित्नेमा दुइमत छैन’, गायक गौतमले भने। लामो समयदेखि गीत संगीतमा सक्रिय रहँदै आएका गौतम अमेरिकामा रहेर नेपाली गीत संगीत क्षेत्रमा आफूलाई तल्लिन बनाउँदै आएका छन्। उनका थुप्रै गीत श्रोतारदर्शकमाझ लोकप्रिय छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *