आज घट्यो सुन-चाँदीको भाउ, तोलाको कति ?
काठमाडौं । आज (बिहीबार) सुनको भाउ ह्वात्तै घटेको छ। सोमबार २ सय रुपैयाँले बढेको सुनको भाउ आज भने ४ सय रुपैयाँले घटेको हो।
आज बजारमा छापावाल सुन प्रतितोला ६५ हजार रुपैयाँ र तेजावी सुन ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार छापावल सुन ६५ हजार ४ सय र तेजावी सुन ६५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
आज सुनको भाउसँगै चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला ७७० रुपैयाँमा कारोबार भईरहेको छ। हिजो चाँदी ७८० रुपैयाँमा कारोबार भएको थियो।
काठमाडौँ उपत्यका बाहेकका जिल्लामा भने सुन-चाँदीको भाउ केही बढी पर्न सक्ने छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment