मेनुका पौडेलको स्वरमा ‘बर्बादी’ बोलको गीत सार्वजनिक(भिडियो)
काठमाडौं। मेनुका पौडेलको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ।
क्षितिज सापकोटा नामक युट्युब च्यानलमार्फत’बर्बादी’बोलको गीत सार्वजनिक गरिएको हो। गायनमा मेनुकालाई सिडी विजय अधिकारीले साथ दिएका छन्।
क्षितिज सापकोटाको शब्द रहेको गीतमा सिडी विजय अधिकारीले संगीत भरेका छन् भने संगीत संयोजन पुस्कर क्षेत्रीले गरेका हुन्।
पछिल्लो समय कृयटिभ निर्देशक भनेर चिनिएका निर्देशक प्रहिल कार्कीले निर्देशन गरेको म्युजिक भिडिओमा अभिनेता आकाश श्रेष्ठ, करुणा श्रेष्ठ, दिपेन्द्रराज गिरी र निर्मल भण्डारीलाई देख्न सकिन्छ।
गीतको भिडियोलाई पुनम श्रेष्ठले कोरियोग्राफी गरेकी हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment