टी-२० शृङ्खलाः नेपाल आज उपाधिका लागि नेदरल्याण्ड्ससँग भिड्दै

डिसी नेपाल
२२ फागुन २०८० ६:४१
92
Shares

काठमाडौं। त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाको उपाधिका लागि आयोजक नेपालले आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। यो खेल बिहान ११:३० बजे शुरु हुने छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको शृड्खलाको उापधिका लागि नेपालले नेदरल्याण्ड्ससँग खेल्न लागेको हो। नामिबिया समेत सहभागी त्रिदेशीय त्रिकोणात्मक शृङ्खलामा नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो।

नेदरल्याण्ड्स अंक तालिकाको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो। शृङ्खलाको शुरुका दुई खेल हारेको नेपालले अन्तिम दुई खेल जितेको थियो।

दुई खेल जितेको नेदरल्याण्ड्स अन्तिम खेलमा नामिबियासँगको खेल बर्षाले रद्द भएर एक-एक अंक बाँडेपछि शीर्षस्थानमा उक्लियो र नामि‍बिया पुछारमा रहँदै बाहिरियो। आज हुने फाइनल प्रतिस्पर्धाबाट टी-२० शृङ्खलाको विजेता छानिनेछ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *