निक्की हेलीले अमेरिकी राष्ट्रपतिको उम्मेदवारीबाट पछि हटिन्, ट्रम्पका लागि बाटो खुला

डिसी नेपाल
२४ फागुन २०८० १६:२७
48
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीको उम्मेदवारीको दौडबाट निक्की हेलीले आफूलाई टाढा राखेकी छिन् ।

यो घोषणा गर्दै निक्कीले भनिन्, “राष्ट्रपति पदका लागि करिब एक वर्षअघिदेखि नै मैले आफ्नो अभियान सुरु गरेकी थिएँ, सुरु गर्दा यो अभियान देशप्रतिको मायामा आधारित भएको बताएकी थिएँ।”

“केही हप्ता मात्र, मेरी आमा, जो पहिलो पुस्ताको आप्रवासी थिइन्, उनले छोरीलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा भोट गर्ने मौका पाइन,” उनले भनिन्।

निक्की हेली मैदानबाट बाहिरिएपछि अब डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीको उम्मेदवार बन्ने बाटो खुलेको छ । निक्की हेलीले १५ मध्ये दुई राज्यमा मात्र प्राइमरी चुनाव जितेर पछि हट्ने निर्णय गरेको विश्वास गरिन्छ ।

तर, चुनावमा डोनाल्ड ट्रम्पका लागि प्रचार गर्ने कि नगर्ने भनेर सोध्दा उनले आफूलाई समर्थन नगर्ने सबै रिपब्लिकनहरूको भोट ल्याउने ट्रम्पको हातमा रहेको बताइन् । निक्की हेली पनि यो समूहमा परेकी छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *