बस पर्खिरहेका विद्यार्थीमाथि अन्धाधुन्ध गोली प्रहार

डिसी नेपाल
२५ फागुन २०८० १५:४६
196
Shares

काठमाडौं । अमेरिकाको फिलाडेल्फियामा बस पर्खिरहेका केही विद्यार्थीमाथि आक्रमणकारीले अन्धाधुन्ध गोली चलाएको छ । यस घटनामा आठ जना घाइते भएका छन्, जसमध्ये एकको अवस्था गम्भीर छ ।

फिलाडेल्फिया हाईस्कुलका विद्यार्थीहरू बस स्टपमा उभिएर बस पर्खिरहेका बेला यो घटना भएको हो । त्यसपछि केही संदिग्धहरू गाडीबाट बाहिर आए र त्यहाँ उभिरहेका मानिसहरूमाथि अन्धाधुन्ध गोली चलाउन थाले।

फिलाडेल्फियाका प्रहरी आयुक्त केभिन बेथेलका अनुसार यस घटनामा आठ जना घाइते भएका छन्, जसमध्ये एक १६ वर्षीय युवक गम्भीर घाइते भएका छन्, उनलाई नौ गोली लागेको छ। जबकि बाँकीको अवस्था स्थिर रहेको छ ।

बेथेलले भनेअनुसार उत्तरपूर्वी हाई स्कूलका विद्यार्थीहरू दिउँसो ३ बजे बसको लागि पर्खिरहेका थिए। यी विद्यार्थीहरूको उमेर १५ देखि १७ वर्षसम्म रहेको छ ।

त्यही बेला एउटा कारबाट तीन जना आएर त्यहाँ बस पर्खिरहेका विद्यार्थीमाथि ३० राउण्डभन्दा बढी गोली प्रहार गरेका थिए । घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको छ ।

उनले यो सामूहिक गोलीबारीमा दक्षिणपूर्वी पेन्सिलभेनिया यातायात प्राधिकरण (सेप्टा) का दुईवटा बसमा पनि क्षति पुगेको बताए। तर ती बसका यात्रु र चालकलाई भने कुनै चोटपटक लागेको छैन ।

यसअघि पनि अमेरिकामा सामूहिक गोली हानाहानका घटना भइरहेका छन् । पछिल्ला केही महिनामा अमेरिकाका विभिन्न भागमा सामूहिक गोलीकाण्डका घटना भएका छन् जसमा ठूलो संख्यामा मानिस घाइते भएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *