विवाह गर्न वडाको सिफारिस अनिवार्य
कालिकोट। कालिकोटको सान्नि त्रिवेणी गाउँपालिका- ४ ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ ।
बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व वडाको सिफारिस अनिवार्य गरेको हो। वडाध्यक्ष देवनाथ योगीले भने, ‘बढ्दै गएको बालविवाहलाई मध्यनजर गरी यस वडाले न्यूनीकरणका लागि सम्पूर्ण टोल–बस्तीमा विवाहपूर्व वडाबाट सिफारिस लिई विवाह कार्य अगाडि बढाउन अनुरोध गरेको छ ।’
विवाहका लागि वडाबाट सिफारिस लिँदा उनीहरूको वास्तविक जन्ममिति थाहा हुने र बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा वडाले लिएको योगीले जानकारी दिए । पहिले भन्दा पछिल्लो समय बाल बिवाह न्युनिकरण हुदै गएको भन्दै यसलाई रोकथाम गर्न वडा पालिकाले यस्तो निर्णय गरेको अध्यक्ष योगीले बताए ।
विवाहका लागि उमेर पुगेका युवायुवतीले वडा कार्यालयबाट अनिवार्य सिफारिस लिनुपर्ने नियम बनाइएको वडाध्यक्ष गिरीले बताए । जन्मदर्ता र नागरिकता साथमा ल्याई विवाहका लागि सिफारिस लिन सकिनेछ ।
बालबिवाह न्युनिकरणको लागी सान्नित्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका र नरहरीनाथ गाउँपालिकामा सादा नेपाल, हुरेन्डेक नेपाल किर्डाक नेपाल लगायतको सहजिकरण र पलान नेपालको सहयोगमा कार्यक्रम संचालन हुदै आइरहेका छन ।
यसैगरी यस भन्दा अगाढी रास्कोट नगरपालिका वडा नं ४ले पनी बिवाह पुर्व वडाको सिफरिश अनिवार्य गरिसकेको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment