‘भाइरल भइदियो’गीतका गायक मानस राजको ‘माया माया हो’ सार्वजनिक (भिडियो)
काठमाडौं। ‘भाइरल भइदियो’ बोलको हिट गीतका गायक मानस राज बोहराको नयाँ गीत ‘माया माया हो’को भिडियो रिलिज गरिएको छ।
सार्वजनिक गीतको शब्द, संगीत र स्वर मानस राजकै रहेको छ। सार्वजनिक गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ नरेन्द वियोगीले गरेका हुन्।
गम्भिर विष्टको कोरियोग्राफी तथा निर्देशन रहेको सार्वजनिक गीतले प्रेम र रोमान्सका रमाइला किस्साहरुलाई नजिकबाट केलाएको छ । भिडियोमा सुन्दरी मोडल गीता ढुंगानासँग गायक स्वयमले रोमान्स गरेका छन् ।
आफुले मन पराएकी मायालुलाई लुकी लुकी चिहाउने प्रेमीको कथालाई निर्देशक विष्टले कलात्क शैलीमा भिडियोमा वर्णन गरेका छन् । आफ्नी मायालुलाई प्रेम गर्नका लागि आफ्नो रुप समेत परिवर्तन गरेर प्रेमीका सामु जाने युवकको रोमाञ्चक प्रेम कथामा मोडलद्धय गीता र मानस राज गज्जबसँग खुलेका छन्।
गीत रिलिज भएसँगै सकारात्मक प्रतिक्रिया आइरको बताउँदै गायक मानसराजले ‘माया माया हो’ मा निकै मेहेनत गरेको जनाए।‘माया माया हो’को छायांकन पवन शिस्लुङ ले गरेका हुन् भने सम्पादन प्रविन भट्टले गरेका हुन्।
सुरेन्द्र बसेलको सह निर्देशन रहेको भिडियोको गायक स्वयमकै अफिसियल च्यानल मानस राज अफिसियलबाट बजारमा आएको हो । मानस राज गायनका अलावा थिएटर अभिनयमा पनि देखिदै आएका छन्।
फिल्म ‘रेशम फिलिलि’को पारि त्यो डाडामा हेर घाम लाग्यो घमाईलो, ‘डायरी’को माया मायामा, भाईरल भैदियो, हिरो , लैलै राजकुमारी लगायतका मानसराजका गीत चर्चामा छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment