सर्लाहीमा साईकल यात्रीलाई ठक्कर दिने बसमा आगजानी
सर्लाही। सर्लाहीमा साईकल यात्रुवाहक बसले एकजना साइकल यात्रीलाई ठक्कर दिँदा आक्रोसित स्थानीयले बसमा आगो लगाएर जलाएका छन्।
नवलपुर मलंगवा सडक खण्ड अन्तर्गत मलंगवा तर्फ जाँदै गरेको ग २ ख १४४० नम्बरको बसले आज बिहान साढे १० बजे साईकल यात्री कविलासी नगरपालिका १० सलेमपुरका स्थानीय जुगल महतोलाई ठक्कर दिएको हो।
दुर्घटनामा परेका महतो गम्भीर घाइते भएका छन्। घटना लगतै स्थानीयले बसमा आगजानी गरेको प्रहरीले जनाएको छ। आगजनी बाट बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ।
साइकलमा सवार सलेमपुरकै ५५ वर्षीय युगलकिशोर महतो गम्भीर घाइते भएपछि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो तर सामान्य उपचारपश्चात काठमाडौं रेफर गरिएको प्रहरीका प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए।
उनको अवस्था चिन्ताजनक रहेको छ । बसका चालक प्रहरीको नियन्त्रणमा रहेको तथा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरिले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment