उपाधिका लागि नेपाल र पपुवा न्यूगिनीबीच प्रतिस्पर्धा हुँदै
Photo by Panda Man Chung Yan / Takumi Images. All rights reserved.
काठमाडौं। त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाअन्तर्गत आज नेपाल र पपुवा न्यूगिनी उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। हिजो लिग चरणको अन्तिम खेलमा पीएनजीले हङकङलाई हराउँदै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो।
पहिलो खेलमा नेपालसँग ८५ रनले पराजित पीएनजीले हङकङलाई १० विकेटले हराएको हो। हिजो नै भएको खेलमा पीएनजीविरुद्ध सानदार जित हात पार्दै नेपाल फाइनलमा प्रवेश गरेको थियो।
नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याउने क्रममा पीएनजी १६.१ ओभरमा सबै विकेट गुमाउँदै ११३ रनमा समेटिएको थियो।
पपुवा न्यूगिनीले दुई खेलमा दुई अंक जोडेको छ भने दुई खेल खेलेको नेपालले तीन अंक बनाएको छ। हङकङ समान खेलबाट एक अंकका साथ फाइनल पुग्नबाट बञ्चित भयो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment