नदी तर्ने क्रममा बेपत्ता भएका बिकको शव ९ दिन पछि भेटियो

डिसी नेपाल
१७ साउन २०७६ १२:२५

हेम विश्वकर्मा
बागलुङ। जिल्लाको ढोरपाटन नगरपालिका ९ स्थित नवीखोला (उत्तरगंगा) ले बगाउँदा बेपत्ता भएका सेते बि.क को शव आज फेला परेको छ। गत साउन ८ गते नवीगाउँदेखि स्यालपाखे जाने क्रममा स्थानिय ५४ वर्र्षीय नर बहादुर विक र २२ वर्र्षीय सेते विकलाई नदीले बगाएको थियो।

दुई मध्य नर बहादुरको शव बगाएको स्थानदेखी करिब ३ सय मिटर तल सोही दिन स्थानीयले मृत अवस्थामा फेला पारेका थिए भने सेते बेपत्ता थिए।

घटनाभए लगत्तै प्रहरी चौकी ढोरपाटन, शक्रुमर्जन गुल्म ढोरपाटनको टोली र स्थानीयबासीले नदी वरपर खोज्ने क्रममा उनको शव भेटिएको हो । प्रहरी चौकी ढोरपाटनका प्रहरी सहायक निरिक्षक शिवराज सुवेदीका अनुसार आज विहान करिब ८ः३० बजेको समयमा बगाएको ठाउँदेखी करिब ३ किलोमीटर तल रातिबाङ भन्ने स्थानमा उनको शव भेटिएको हो।

नदी तरेर ५ मिनेटमा पुगिने ठाउँमा पुल नहुँदा घण्टौँ यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानिय धन बहादुर विश्वकर्माले बताए। सम्बन्धित निकायको ध्यान नजादा हरेक बर्ष बर्षायामको समयमा उत्तरगंगा नदीले बगाउदा कयौँको ज्यान जाने गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *