एन्टोनी ब्लिन्केनको चेतावनी – गाजाको सम्पूर्ण जनसंख्या गम्भीर खाद्य संकटको जोखिममा
काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बीबीसीसँग कुरा गर्दै गाजाको २० लाख जनसंख्या “गम्भीर खाद्य संकट” को जोखिममा रहेको बताएका छन् ।
इजरायल-हमास युद्ध सुरु भएयता गाजाको सम्पूर्ण जनसंख्याको लागि यस्तो बयान आएको यो पहिलो पटक हो ।
गाजामा कार्यरत संयुक्त राष्ट्रसंघीय निकायहरूले मे महिनासम्म युद्ध नरोकिए र आवश्यक मात्रामा राहत सामग्री गाजामा नपुगेमा गाजाले ठूलो भोकमरीको सामना गर्नुपर्ने बताएको छ ।
एन्टोनी ब्लिन्केन हाल फिलिपिन्सको भ्रमणमा छन् । अमेरिकी अधिकारीहरूले मङ्गलबार आफूहरू छिट्टै मध्यपूर्वको भ्रमण गर्न लागेको बताएका छन्।
अक्टोबरमा हमासमाथि इजरायलले गरेको आक्रमणपछि ब्लिन्केनको यो छैटौं मध्यपूर्व भ्रमण हो। भ्रमणका क्रममा उनले युद्धविराम लम्ब्याउने सम्भावनाबारे छलफल गर्नेछन् ।
मंगलबार, कतारमा इजरायली मध्यस्थकर्ताहरूले फेरि एक पटक सम्भावित युद्धविरामको बारेमा छलफल गरिरहेका छन्। उक्त छलफलमा गाजामा राहत सामग्री पुर्याउनेदेखि लिएर हमासद्वारा बन्धक बनाएका इजरायलीहरूलाई रिहा गर्ने सबै कुरा समेटिनेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment