बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीसँग बयान लिइँदै
काठमाडौं। बाँसबारी जग्गा प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई आज बिहीबार बिहान ८ बजेदेखि बयान लिइँदै छ।
सरकारी वकिलको कार्यालयमा चौधरीलाइ सरकारी वकिल र सीआईबीका अनुसन्धान अधिकृतहरूले बयान लिन थालेकाे बताइएको छ। बयान लिने क्रम जारी रहेको स्रोतले बताएको छ।
काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा सीआईबीले उनलाई बयानको लागी बोलाएको हो ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment