‘ए सुन माया’ भन्दै आए समिक्षा र डिल्लीराम (भिडियो)

डिसी नेपाल
८ चैत २०८० १०:५४
240
Shares

काठमाडौं। गायिका समिक्षा अधिकारी र डिल्लीराम अधिकारीको स्वर रहेको रहेको ‘ए सुन मायाको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

भोजपुरको अरुण गाउँपालिका ७ का पूर्ववडाअध्यक्ष तथा गत स्थानीय चुनावमा पालिका अध्यक्षमा माओवादीबाट उम्मेदवार बनेका अधिकारीको यो तेस्रो सांगीतिक कोसेली हो।

ए सुन माया मा अधिकारीले अन्तरजातीय प्रेमको पक्षमा वकालत गरेका छन् । अझै पनि विद्यमान प्रेम र विवाहमा जातभात तगारोविरुद्ध आफूले गीतमार्फत् सन्देश दिन खोजेको उनले बताए ।

लोक दोहोरीको रूपमा प्रस्तुत नयाँ गीतमा अर्जुन खड्का र जुना कार्कीको मोडलिङ छ । मनिपाल राईको संगीत रहेको गीतको कोरियो तथा निर्देशन सुरेश पाण्डेले गरेका छन् भने एरेन्ज राजु कार्कीको छ।

कालु पाँडे समाधीस्थल नजिकै छायांकन गरिएको उक्त म्युजिक भिडिओ एनपी म्युजिक मिडिया युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो।

‘खाडीको लाहुरे’ मार्फत् गायनमा डेब्यू गरेका अधिकारीले दोस्रो प्रस्तुतिका रूपमा नर्कको मलामी ल्याउँदै पूर्वराजाको सक्रियता, राजनीतिक दल र नेताको गलत कार्यशैलीको कटाक्ष गरेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *