सरकारलाई स्टन्टबाजी बन्द गर्न कांग्रेस बागमती सभापति बानियाँको आग्रह
काठमाडौं। नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्र बहादुर बानियाँले स्टन्टबाजी गरेर भ्रमको सिर्जना गर्ने कामलाई बन्द गर्न सरकारलाई आग्रह गरेका छन्।
शनिबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित होली मिलन कार्यक्रममा बोल्दै बानियाँले सरकारले जनताको पक्षमा काम गर्नुपर्ने भन्दै स्टन्टबाजी गरेर भ्रमको सिर्जना गर्ने कामलाई बन्द गर्नुपर्ने बताएका हुन्।
सत्य, न्याय र गरिबको पक्षमा गणतन्त्रलाई संस्थागत गर्दै दिगो विकासको बाटोमा अघि बढ्न उनले आह्वान समेत गरे। उनले अहिले मुलुकको व्यवस्थामाथि नै चुनौति बढेको भन्दै मुलुकको व्यवस्थालाई बलियो बनाउनका लागि पनि चाडपर्वले सकारात्मक ऊर्जा दिने विश्वास व्यक्त गरे।
बानियाँले कांग्रेसभित्रको गुटउपगुटलाई अन्त्य गर्दै पार्टीको नीतिभित्र रहेर एकजुट भएर अघि बढ्नुपर्ने बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment