मेक्सिकोले आफ्नो देशमा भएको हिंसाको लागि अमेरिकी कम्पनीहरूबाट १० अर्ब डलर क्षतिपूर्ति माग्यो
काठमाडौं । जनवरी २०२४ मा अमेरिकी शहर बोस्टनको एक अदालतले अमेरिकाका केही पुराना कम्पनीहरूको भविष्यमा गहिरो प्रभाव पार्न सक्ने मुद्दाको सुनुवाइलाई अनुमोदन गर्यो।
यो मुद्दा सात हतियार उत्पादन कम्पनी र एक वितरक विरुद्ध छ। चाखलाग्दो कुरा के छ भने हतियार उत्पादन गर्ने कम्पनीविरुद्धको यो मुद्दा कुनै हतियार पीडित वा उनका आफन्तले नभई मेक्सिको सरकारले दायर गरेको हो ।
यी कम्पनीहरुबाट १० अर्ब डलर क्षतिपूर्ति माग गरिएको छ । मेक्सिको सरकारको दाबीअनुसार यी कम्पनीहरूलाई राम्रोसँग थाहा छ, उनीहरूले बनाएका हतियारहरू मेक्सिकोका आपराधिक समूह वा गिरोहहरूलाई आपूर्ति गरिन्छ । यी हतियारको बलमा यी समूहहरू देशका धेरै क्षेत्रहरू नियन्त्रण गर्न एक अर्कासँग हिंसात्मक द्वन्द्वमा संलग्न छन्।
कोल्ट्स र स्मिथ एन्ड वेसन जस्ता ठूला हतियार निर्माण कम्पनीहरूले यी आरोपहरूलाई अस्वीकार गरेका छन्।
यी कम्पनीहरूले कानुनी प्रतिरक्षाको रूपमा भनेका छन् – यदि तिनीहरूले बनाएका उत्पादनहरू अपराध गर्न प्रयोग गरिन्छ भने तिनीहरू उत्तरदायी छैनन्। तर यो प्रतिरक्षा यस मुद्दाको तर्क विरुद्ध पर्याप्त मानिएको छैन।
No ads found for this position


डिसी नेपाल
Facebook Comment