नेपाल र आयरल्याण्ड ए बीचको पहिलो टी-२० आज
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्याण्ड ए बीचको टी-२० सिरिज आजदेखि शुरु हुँदै छ।
नेपाली राष्ट्रिय टिमले नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ए टिमसँग आज पहिलो खेल खेल्दै छ। टियु मैदानमा हुने यो खेल अपराहन्न १ बजेदेखि शुरु हुने छ।
यस सिरिज खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, बिबेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा र आकास चन्द रहेका छन्।
नेपाली राष्ट्रिय टिमले आयरल्याण्ड ए सँग मार्च २५ र २६ मा दुई टी-२० खेल खेल्दै छ।
त्यसपछि नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतको गुजरात र बरोडासँग भारतको गुजरातको भापीमा टी-२० फ्रेन्डसिप कप खेल्दै छ। मार्च ३१ देखि अप्रिल ७ सम्म हुने यस टी-२० कप त्रिकोणीय सिरिज हुने छ।
नेपालले आगामी टी-२० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डसिप कप खेल लागेको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment