इटालीकी प्रधानमन्त्रीको डीपफेक भिडियो, पोर्नस्टारको अनुहारमा मेलोनीको अनुहार जोडियो
काठमाडौं । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले डिपफेक भिडियोको मुद्दामा क्षतिपूर्ति मागेकी छिन् । ४० वर्षीय अभियुक्तले आफ्ना ७३ वर्षीय बुबासँग मिलेर मेलोनीको भिडियो अमेरिकी वयस्क सामग्री वेबसाइटमा पोस्ट गरेका थिए।
बेलायती सञ्चारमाध्यम बीबीसीका अनुसार आरोपीले मेलोनी प्रधानमन्त्री हुनुअघि अर्थात २०२२ मा उक्त भिडियो बनाएका थिए । यसमा, जर्जियाको अनुहार एक वयस्क फिल्म स्टारको अनुहारमा सुपरइम्पोज गरिएको थियो। दुवै अभियुक्त विरुद्ध मानहानीको मुद्दा दर्ता भएको छ ।
मेलोनीले १ लाख युरो क्षतिपूर्ति मागेकी छन् । उनले यही जुलाइ २ मा सासरी अदालतमा बयान दिनेछिन् । कथित वयस्क भिडियो अपलोड गर्न प्रयोग गरिएको मोबाइल फोनबाटै प्रहरीले आरोपीसम्म पुगेको बीबीसीले जनाएको छ।
मेलोनीका वकिल मारिया गिउलिया मारोन्गिउले भने-प्रधानमन्त्रीले मागेको क्षतिपूर्ति प्रतीकात्मक छ। यस क्षतिपूर्तिको उद्देश्य यस्ता अपराधबाट पीडित महिलाहरूलाई आवाज उठाउन डराउनु हुँदैन भन्ने सन्देश दिनु हो। क्षतिपूर्ति भएमा उनले त्यो रकम हिंसा पीडित महिलालाई सहयोग गर्न कोषमा दान गर्नेछिन् ।
यसै क्रममा मेलोनीको टोलीले जारी गरेको विज्ञप्ति अनुसार २०२२ मा अपलोड गरिएको यो भिडियो लाखौंले हेरेका छन् । इटालियन कानून अनुसार केही मानहानि मुद्दाहरूमा आपराधिक आरोप र सम्भावित जेल पनि हुन सक्छ।
अगस्ट २०२२ मा जर्जिया मेलोनीले बलात्कारको भिडियो पोस्ट गरेकी थिइन् । यसपछि उनी विवादमा परिन् । भिडियो पिसेन्जा शहरको हो। जसमा एक अश्वेत व्यक्तिले युक्रेनकी एक शरणार्थी महिलालाई बलात्कार गरेका थिए । यो भिडियो पोस्ट गर्दै मेलोनीले यस्ता घटनालाई कडाइका साथ सामना गर्ने दाबी गरेकी छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment