जुम ब्यूटी एकेडेमीको होली स्पेशल कार्यक्रम, धिरज राईले तताए बौद्ध जोरपाटी
काठमाडौँ । ब्यूटीशियन क्षेत्रमा कहलिएको जुम ब्यूटी एकेडेमीले काठमाडौँको बौद्धमा होली विशेष कार्यक्रम सम्पन्न गरेको छ। काठमाडौँस्थित बौद्ध हेरिटेजमा आयोजित एकेडेमीको होली कार्यक्रममा सु–प्रशिद्ध गायक धिरज राइले सांगीतिक माहौल तताएका थिए ।
एकेडेमीकी ब्राण्ड एम्बेस्टर नायिका केकी अधिकारीको उपस्थितीमा भएको कार्यक्रममा नेपाली माइकल ज्याक्सनको उपनामले परिचित गायक राइले सांगीतिक प्रस्तुती दिँदा होलीको रंगमा रंगिएका युवा युवतीहरु जुरुक् जुरुक भएका थिए ।
जाँदै छु टाढा, सोल ढोले सोल, लुकी लुकी, जाउ जाउ समाउ, हिमाल नझुकेसम्म जस्ता गीतहरु बजारमा ल्याएर सर्बाधिक हिट भएका कायक राइ पछिल्लो समय भने बुद्ध वाज बर्न इन नेपाल अभियान चलाउँदै विश्व यात्रामा छन् ।
कार्यक्रममा नायिका अधिकारीले पनि आफ्नो प्रस्तुती दिएकी थिइन् भने जुम ब्यूटी एकेडेमीका निर्देशक कृशप तनाबासु र संस्थापक जुनु चक्रधरले कार्यक्रममा सहभागी सबैलाई विशेष धन्यवाद दिँदै गायक राई र ब्राण्ड एम्बेस्डर अधिकारीलाई मायाको चिनो वितरण गरेका थिए ।



No ads found for this position


डिसी नेपाल
Facebook Comment