केजरिवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज

डिसी नेपाल
१५ चैत २०८० १४:३२
88
Shares

काठमाडौं। दिल्ली उच्च अदालतले अरविन्द केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट खारेज गएको छ।

लाइभ कानूनका अनुसार यो याचिका दिल्लीका निवासी सुरजित सिंह यादवले दायर गरेका थिए, जसले आफूलाई किसान र सामाजिक कार्यकर्ताको रूपमा चिनाएका छन्।

अदालतले यस विषयमा न्यायिक हस्तक्षेपको कुनै आवश्यकता नरहेको बताउदै रिट खारेज गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

केजरिवाल गत विहिबार राती मदिरा नीतिमा भएको अनियमितताको आरोपमा प्रवर्तन निर्देशनालय (इडी) को हिरासतमा रहेका छन्। उनलाई अदालतले अप्रिल २ सम्म हिरासतमा राख्ने अनुमति दिएको छ।

इडीको हिरासतमा रहेका मुख्यमन्त्री केजरिवालले जेलबाटै सरकार चलाएको आरोप लागेको छ । उनले जेलबाटै दिएका आदेश मन्त्रीहरुले कार्यान्वयन गरिरहेको मिडिया रिपोर्टमा उल्लेख छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *