त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन

डिसी नेपाल
१५ चैत २०८० २१:१८
36
Shares

काठमाडौं।  त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ।

बिहिबार त्रिभुवन विश्वविद्यालयले पूर्वरजिष्ट्रार प्राडा चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो। त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले समितिलाई ३० दिन भित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ।

परीक्षा नियन्त्रण कार्यालयले २०८० वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत जनसंख्या तथा स्वास्थ्य विषय (कोड नं. ४२२) र शिक्षा शास्त्र संकाय तर्फको शिक्षाको आधार विषय (कोड नं. ४१२) का उत्तरपुस्तिकाहरू हराएको थियो।

यस सन्दर्भमा विभिन्न सञ्चार माध्यमहरूमा प्रकाशित तथा प्रसारित समाचार र जनमानसमा उत्पन्न चासो तथा चिन्ताप्रति गम्भीर ध्यानाकर्षण गराउँदै समिति गठन गरिएको विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यही चैत २१ गते उत्तरपुस्तिका हराएका विषयका परीक्षाहरू सञ्चालन हुने गरी सूचना समेत प्रकाशित भइसकेको विश्वविद्यालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *