‘तेस्रो राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड २०८०’ चैत २४ गते भ्वाइस अफ नेपालको हलमा हुने

डिसी नेपाल
१६ चैत २०८० १६:५५
184
Shares

काठमाडौं। ‘तेस्रो राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड २०८०’ यही चैत २४ गते  सुकेधारा काठमाडौंमा हुने भएको छ।

भ्वाइस अफ नेपालको हलमा आयोजित कार्यक्रममा ३५ विधाका स्रष्टालाई पुरष्कृत गरिने आयोजक ब्राण्डरूट इण्टरटेनमेण्ट प्रालिले जनाएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यतामा हुन लागेको कार्यक्रममा विभिन्न ३५ विधाका स्रष्टालाई अवार्ड  प्रदान गरिने कार्यक्रम संयोजक सुनिल विसीले जानकारी दिए।

सांगीतिक क्षेत्रका विभिन्न ३५ विधामा प्रदान गरिने अवार्डका लागि फाल्गुण १५ गतेसम्म आयोजक ब्राण्डरूट इण्टरटेनमेण्ट प्रालिले आवेदन खुला गरेको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *