बंगलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने थप एकजना पक्राउ
काठमाडौं। बंगलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक बनाइराख्ने काममा संलग्न थप एकजना बंगलादेशी नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा यासिर अहमद भनिने एमडी यासिर बंगला रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए। उनका अनुसार निजलाई काठमाडौं महानगरपालिका–९ सिनामंगलबाट हिजो बिहीबार पक्राउ गरी आज सार्वजनिक गरिएको हो।
पक्राउ परेका निज बंगलाले बंगलादेशी नागरिकहरूलाई युरोपका विभिन्न देशमा वैदेशिक रोजगारीमा पठाउने विश्वास दिलाई बंगलादेशबाट नेपाल ल्याई काठमाडौं महानगरपालिका–१६ पकनाजोलस्थित निभाना ग्रिन पिस होम नामक होटलको कोठामा राखी पीडितहरूको पासपोर्ट नियन्त्रणमा लिएर बन्धक बनाइराखेको पोखरेलले बताए।
उनले भने, ‘पक्राउ परेका बङ्गलालाई अपहरण तथा शरीर बन्धक कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment